तीन आन्दोलनकारी पनि मारिए


७ भदौ, धनगढी । कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मीको मृत्यु भएको छ ।
५० भन्दा बढी प्रहरी घाइते भएका छन् । छुरा, भाला, बन्चरोसहितका हतियार बोकेर आएका ८/१० हजारको संख्यामा रहेका आन्दोलनकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा हिंसात्मक झडप भएको थियो ।
आन्दोलनकारीले टीकापुर ६ संकरपुरस्थित पशुहाट नजिकै एसएसपी लक्ष्मण न्यौपानेलाई पेट्रोल छर्किएर आगो लगाएका छन् । घटनामा उनको मृत्यु भएको र उनको शव टीकापुर अस्पतालमा ल्याएको पत्रकार कर्ण कुँवरले जानकारी दिए ।
घटनामा एसएसपी न्यौपानेका अंकरक्षकको मृत्यु भएको छ । उनको नाम खुलेको छैन । यस्तै आन्दोलनकारीको आक्रमणमा परी इन्स्पेक्टर बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्षमण खड्का एवं लोकेन्द्र चन्दसमेत छन् । त्यस्तै सशस्त्र प्रहरी हवल्दारद्वय ललित साउद र रामबिहारी चौधरीको शव पनि अस्पतालमा राखिएको छ ।
पत्रकार कुँवरका अनुसार आन्दोलनकारीतर्फ ३ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या सकिन हुन बाँकी छ । अहिले पनि टीकापुर बजारमा दोहोरो झडप भइरहेको छ । त्यहाँ दिउँसो २ बजेदेखि कर्फ्यू लगाइएको छ ।
onlinekhabar.com
वैशाख १२ गते गएको भूकम्पपछि रोकिएको सगरमाथाको आरोहण अभियान आरम्भ भएको पर्यटन विभागले जनाएको छ।
अर्को साताबाट सुरु हुने शरद ऋतुकालीन आरोहणका निम्ति १५ वटा टोलीले सगरमाथालगायत विभिन्न हिमाल आरोहणको लागि दर्खास्त दिएको विभागले जनाएको छ।
एजेन्सी । फेसबुकमा साथीले अनौठा संकेत राखेर स्टाटस लेखेको देख्दा तपाइलाई अचम्म लाग्छ होला । किबोर्डमा नभएका यस्ता अनौठा तर रमाइला संकेत कसरी आफ्नो स्टाटसमा राख्ने ?
तर, तपाईले किबोर्डमा केही नम्बरहरु हानेर यस्ता अनौठा संकेत सजिलै देखाउन सक्नुहुन्छ । खासगरी म्युजिक, मुटु, पिपलपात, ट्रेडमार्क, कपिराइट जस्ता महत्वपूर्ण संकेतका लागि तपाईले यस्तो सर्टकर्ट कि प्रयोग गर्न सक्नुहुन्छ ।onlinekhabar.com

Sponsers

Popular Posts

Categories

Powered by Blogger.
pppppppppppppppppppppppppppppppppppppppppppppppppppppp
iiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii
woekfopwei-foiqw0-