७ भदौ, काठमाडौं । स्पेनिस ला लिगामा नवप्रवेशी स्पोटिङ गिजोनले उपाधि दाबेदार रियल मड्रिडलाई बराबरीमा रोकेको छ ।
राफेल बेनिटेज प्रशिक्षणमा रहेको रियल मड्रिड आइतबार राति भएको आफ्नो पहिलो खेलमा गिजोनसँग गोलरहित बराबरीमा रोकिएको हो ।
३६ औं मिनेटमा एन्टोनियो सानाब्रिआको हेडर क्रस बारमा लागेर गोललाई खस्दा गिजोनका समर्थक चुकचुकाएका थिए ।
६९ प्रतिशत बल पोजिसन बनाएको रियल मड्रिडले २७ पटक विपक्षीको पोष्टमा प्रहार गरेको थियो । तर, ८ सटमात्र टार्गेटमा थियो, जसलाई गोलरक्षक इभान केल्लरले असफल पारे ।
खेलका क्रममा गिजोनका सर्गिओ अल्भारेजले रोनाल्डोलाई लडाएका थिए । तर, रेफ्रीले रियल मड्रिडलाई पेनाल्टी दिएनन् ।
- See more at: http://www.onlinekhabar.com/2015/08/316099/#sthash.S28x9YLb.dpuf

0 comments:
Post a Comment